काठमाडौं, ३० चैत । संविधानसभाको आजका लागि बोलाइएको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने भएको छ ।
पूर्वमन्त्री एवम् सांसद् सलिममियाँ अन्सारीको सम्मानमा शोक प्रस्ताव मात्रै बैठकमा पेस गरिने संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले जानकारी दिए ।
पूर्वमन्त्री मियाँको शनिबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको थियो ।
पूर्वमन्त्री एवम् सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगित हुने भएकाले आजको बैठकमा अरू कुनै पनि कार्यसूची नरहेको सभाध्यक्ष नेम्वाङको भनाइ छ ।
यसअघि यही चैत २३ गते बसेको बैठकसमेत पूर्वसांसद रामनाथ ढकालको निधनप्रति गहिरो समवेदना व्यक्त गर्दै स्थगित भएको थियो ।
पछिल्लो दिनमा संविधानका विवादित विषयमा सहमति जुटाउन दलहरूबीच अनौपचारिक छलफल जारी रहेको अवस्थामा केही दिन अझै आवश्यक रहेको बताइरहेको सन्दर्भमा थप पाँच दिन उपलब्ध गराइने भएको छ । तर सो विषयमा भने कुनै पनि औपचारिक जानकारी दिइएको छैन ।
संविधानसभाको बैठक अपराह्न ३ बजे बस्ने कार्यक्रम रहेको छ ।












प्रतिक्रिया