२ कार्तिक २०८३, सोमबार

सम्पत्ति विवरण नबुझाउने वीस हजार कर्मचारीसँग दस करोड आम्दानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार २ सय ५४ सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीले सम्पत्ति विवरण नबुझाएको भन्दै उनीहरुलाई जरिवाना गर्न सम्बन्धित मन्त्रालय र निकायहरुलाई आइतबार निर्देशन दिएको छ।

राष्ट्रिय सतर्कता केन्द्र र निजामति कितावखानाको रेकर्ड अनुसार आर्थिक वर्ष २०७०र२०७१ मा २० हजार २ सय ५४ कर्मचारीले सम्पत्ति विवरण नबुझाएको भन्दै सम्पत्ति नबुझाउनेहरुलाई प्रतिव्यक्ति ५ हजार रुपैयाँका दरले जरिवाना गरा विवरण भराउन अख्तियारले निर्देशन दिएको हो।

यसरी सम्पत्ति विवरण नबुझाउने कर्मचारीहरुलाई जरिवाना गर्दा सरकारलाई १० करोड रुपैयाँ भन्दा बढी राजश्व प्राप्त हुने नागरिक दैनिकले छापेको छ।