१३ कार्तिक २०८३, शुक्रबार

प्रचण्ड भन्छन्-‘संविधान बनाएर यसलाई अब टुङग्याउछु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maoist leader Prachanda gestures during a rally in Katmandu, Nepal, Friday, May, 30, 2008. Nepal's government formally told the Himalayan nation's deposed monarch Friday to vacate the royal palace within the next two weeks, and a palace official said the king was preparing to move to his palatial private home in Katmandu. (AP Photo/Binod Joshi)काठमाडौँ, २९ चैत । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालबीच संविधान लेखनलाई अघि बढाउने विषयमा केन्द्रित रहेर छलफल भएको छ ।

अध्यक्ष नेम्वाङको सरकारी निवास बालुवाटारमा आज साँझ उहाँहरुबीच संविधानका अन्तरवस्तुमा दलहरुबीच देखिएको विवादलाई अब छिट्टै सुल्झाएर लैजानुपर्छ भन्नेमा मतैक्यता भएको थियो ।

सो अवसरमा अध्यक्ष नेम्वाङले संविधानसभाको बैठक माघ २९ गते सहमतिका लागि भनी स्थगन भएकामा दुई महिना व्यतित भइसकेको छ, अब समय साँगुरिसकेको छ, जनताले संविधान कहिले ल्याउँछौ भनेर सोधेका सोधै छन्, अब छिटो टुङग्याउनुपर्छ भनेर अध्यक्ष दाहाललाई भन्नुभएको थियो ।

जवाफमा अध्यक्ष दाहालले संविधानका धेरै अन्तरवस्तुमा सहमति भइसकेकाले संविधान लेखनलाई टुङग्याउनुपर्छ भन्नेमा आफू पुगेको बताउनुभएको अध्यक्ष नेम्वाङले राससलाई जानकारी दिनुभयो ।

सो अवसरमा अध्यक्ष दाहालले अब संविधान निर्माणलाई टुङग्याउनुपर्छ भन्नेमा म पुगेको छु, धेरै विषयमा सहमति भएका छन्, बाँकी विषयमा पनि सहमतिनजिक छौँ, म यसलाई टुङग्याउँछु । रासस