४ कार्तिक २०८३, बुधबार

११ वर्षका बालकले ४ वर्षकी बालिकासँग जबरजस्ती गरेपछि…

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rap-studentसुर्खेत, २९ चैत । चार वर्षिया बालिकालाई वलात्कार गर्ने एक वालकलाई सुर्खेत जिल्ला अदालतले २५ हजार क्षेती पूर्ति भराएको छ ।

अदालतका न्यायधिस लिलाराज अधिकारीको एकल ईजलासले ‘फास्ट ट्याक्र’ अन्तरगत हाडनाता जवरजस्ती करणी गर्ने साविकको छिन्चु गाविसका नाम परिवर्नत ११ वर्षीय बालक (दिपेश) लाई २५ हजार क्षेतीपूति सहित ६ महिना कैद सजायको फैसला गरेको हो ।

अभियुक्त दिपेशले सोही ठाउँका ४ वर्षीय बालिका नाम परिर्वन (रेणुका) लाई बलात्कार गरेको मुद्दा अदालतमा चैत ६ गते मुद्दा दर्ता भएको थियो । ६ महिना कैद सजाय हुने कानूनी प्रवाधान रहेपनि अदालतले नाबालक भएकाले कैद नहुने अदालतका श्रेस्तेदार वीरेन्द्रबहादुर मल्लले जानकारी दिए ।

दिपेश नावालक भएकाले पुनः भोलीका दिनमा उनले कुनै घटना गरेमा यो बाँकी रहेको ६ महिना कैद सजाय थप हुने श्रेस्तेदार मल्लले बताए । अदालतले आइतबार नै चोरी मुद्दाका अभियुक्त मोहन विकलाई ७० हजार जरिवना सहित एक महिना कैद सजाय फैसला गरेको छ ।

कालिकोट स्थायी ठेगाना भएका विकले नेपालगञ्जमा चोरी गरेको अदालतले जनाएको छ । विक विरुद्ध देवीराम सुवेदीले यही चैत २६ गते अदालतमा मुद्दा दर्ता गराएका थिए ।

यस्तै अदालतमा गत मंसिर २८ गते बोक्सी आरोपमा दर्ता भएको मुद्दाको समेत फैसला गरेको छ । अदालतले वीरेन्द्रनगर ६ का तुलीसरा कामीलाई तीन महिना कैद र १० हजार जरिवना सहित कारगार चलान गरिएको श्रेस्तेदार मल्ले जानकारी दिए ।

तुलीसरा विरुद्ध सोही ठाउँ निवाशी हिराकुमारी सुनारले आफूलाई बोक्सी भन्दै आरोप लगाएकाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिईन् । अदालतले करिव पाँच महिना पछि बोक्सी आरोप ठहर गर्दै आइतबार मुद्दा फैसला गरेको हो ।