३० आश्विन २०८३, शुक्रबार

बाबुरामले भने-‘म त नेपाली, मेड इन नेपाल’ (हेर्नुस् फोटोहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-bhattrai5काठमाडौं, २९ चैत । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले स्वदेशी वस्तुको प्रदर्शनीका नेपाली युवा उद्यमी मञ्चले भृकुटीमण्डपमा आयोजना गरेको ‘मेड इन नेपाल’ मेलाको अवलोकन गर्नुभएको छ ।

नेपालमै बनेका स्वदेशी बस्तुहरु, घरेलु उत्पादनको प्रदर्शनी गर्न आयोजित मेलाको आइतबार अवलोकन गर्दै नेता भट्टराईले स्वदेशी बस्तुको प्रयोग गर्न हरेक नेपालीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो-‘हामी नेपाली हौं, नेपालमै बनेको बस्तु प्रयोग गर्नुपर्छ, हाम्रो उत्पादन पनि विदेशीको भन्दा कम छैन् । म त नेपाली, मेड इन नेपाल ।’

उहाँले नेपालमा बर्षेनी ६ सय अर्ब भन्दा बढीको व्यापार घाटा र ५ लाख भन्दा बढी बेरोजगार युवाहरुको विदेश पलायन भइराखेको खतरनाक सूचकांकलाई न्यूनीकरण गर्न सबैले सम्भव भएसम्म स्वदेशी वस्तु र सेवाको प्रयोग गर्न आग्रह गर्नुभयो ।

‘मैले केही वर्षदेखि स्वदेशी जुत्ताको मात्र प्रयोग गर्दै आएकोमा आगामी २०७२ सालदेखि स्वदेशमा उत्पादित मात्र निम्न वस्तुहरुको पनि प्रयोग गर्ने प्रतिबद्धता गरेको छु’ उहाँले भन्नुभयो ।

नेता भट्टराईले नयाँ वर्षमा स्वदेशी उत्पादनको सावुन, स्याम्पू, टुथपेष्ट, चिया, कागज, कापी, लुगा, खाद्य पदार्थ, प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भनेका छन्–तपाई पनि सोच्ने कि ?

मेलाको अवलोकन गर्न नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली पनि भृकुटीमण्डप पुग्नुभएको थियो । उहाँले युवा उद्यमीहरुले गरेको अभियान आफुलाई साह्रै मन परेको बताउँदै स्वदेशी बस्तु प्रवद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मेलामा सोमबार नेकपा एमालेका वरिष्ठ नेताद्धय झनाथ खनाल र माधवकुमार नेपालले अवलोकन गर्ने आयोजकले जनाएको छ ।

युवा उद्यमीले शुक्रबारदेखि आयोजना गरेको मेला सोमबारसम्म चल्नेछ । मेलामा १३० वटा स्टलबाट स्वदेशी वस्तुको प्रवद्र्धन तथा प्रदर्शनी भइराखेको ‘मेड इन नेपाल’ मेलाका संयोजक सुदर्शन बस्नेतले जानकारी दिनुभयो ।

baburam-bhattrai2 baburam-bhattrai3 baburam-bhattrai4