२९ आश्विन २०८३, बिहिबार

प्रहरीमाथि माओवादीको आक्रमण, ७ जना प्रहरीको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

moust-police-attackनयाँदिल्ली, २९ चैत । लामो समयदेखि भारतमा द्वन्द्व मच्चाउँदै आएका विद्रोही माओवादीले प्रहरीमाथि आक्रमण गरेका छन् ।

गस्तीमा खटिएको टोलीमाथि माओवादीले छत्तीसगढ राज्यको बस्तरमा आक्रमण गरेपछि दुबैपक्षबीच भिडन्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बस्तरमा माओवादीसँग भएको भिडन्तमा प्लाटुन कमान्डरसहित ७ जना प्रहरीको ज्यान गएको छ । घटनामा १० जनाभन्दा बढी प्रहरी घाइते भएका छन् ।

अतिरिक्त प्रहरी महानिर्देशक आरके विजका अनुसार पछिल्ला केही दिनयता प्रहरीले सुकमा जिल्लाको विभिन्न इलाकामा सर्च अपरेशन चलाइरहेको छ । उनका अनुसार शनिबार सर्च अरेशन सकेर फर्किँदै गरेका प्रहरी गस्ती टोलीलाई माओवादीले आक्रमण गरेको थियो ।

यस घटनापछि जिल्ला मुख्यालयले घटना भएको इलाकामा प्रहरीको सुरक्षा बढाएको छ । घाइतेहरुको कांकेरको लंका इलाकामा लगेर उपचारका लागि रायपुर लगिएको बताइएको छ।

केही महिनाअगाडी माओवादीहरुले कंग्रेसका उच्चस्तरीय नेतामाथि आक्रमण गरी शरीरमा २४ वटा गोली हानेका थिए । नेता सँगै दुई दर्जन कार्यकर्ताको पनि मृत्यु भएको थियो । एजेन्सी