२९ आश्विन २०८३, बिहिबार

बार्सिलोना बराबरीमा रोकिदा रियलको सहज जित, उपाधि भिड्न्त रोनाल्डो र मेस्सीको हातमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ronaldo

काठमाडौं, २९ चैत । स्पेनिस ला लिगाको अन्तिम चरणका खेलमा निकै प्रतिस्पर्धा देखिएको छ । विश्व फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको रियल मड्रिडलाई पछ्याएर लिग लिडर बनेको लियोनल मेस्सीको बार्सिलोनालाई शनिवार रातिको खेलमा झट्का लागेको छ ।

बार्सिलोनाले हिजो रातिको खेलमा बराबरी खेलेपछि रियलले सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा लिग लिडर बार्सिलोना सेभिल्लासँग २-२ को बराबरीमा रोकिँदा रियल मड्रिडले एइबरलाई ३-० ले पराजित गरेको थियो ।

messi-1सेभिल्लासँग घरेलु मैदानमा बराबरी खेलेको बार्सिलोनाले खेलमा २-० को अग्रता जोगाउन सकेन । बार्सिलोनाले १४ औं मिनेटमा लिओनल मेस्सीको गोलबाट अग्रता लियो । ३१ औं मिनेटमा नेयमारले गोल गर्दै अग्रता दोब्बर पारे ।

तर, ३८ औं मिनेटमा बनेगाले गोल गर्दै सेभिल्लालाई खेलमा फर्काउने संकेत दिए । ८४ औं मिनेटमा गमेइरोले गोल गरेपछि सेभिल्ला लिग लिडर बार्सिलानालाई बराबरीमा रोक्दै अंक खोस्यो । सेभिल्लाले अंक खोसेपछि बार्सिलोनालाई झट्का लागेको छ ।

यस्तै, अर्को खेलमा रियल मड्रिडले एइबरमाथि ३-० को सहज जित हात पार्‍यो । रियलका लागि रोनाल्डोले २१ औं मिनेटमा सुरुवाती गोल गरे । ३१ औं मिनेटमा हर्नान्डेजले गोल गरे भने ८३ औं मिनेटमा जोसेले गोल गरे ।

जितपछि रियल मड्रिडको ३१ खेलबाट ७३ अंक भएको छ र बार्सिलोनाभन्दा २ अंकले मात्र पछि छ । लिग लिडर बार्सिलोनाको ७५ अंक छ । जितसँगै रियलले बार्सिलोनासँगको अंक दुरी २ मा झारेर उपाधि होडमा फर्किएको छ ।SEVILLE, SPAIN - APRIL 11: Lionel Messi (2ndL) of FC Barcelona competes for the ball with Benooit Tremoulinas (L) of Sevilla FC and his teammate Ever Banega (R)  during the La Liga match between Sevilla FC and FC Barcelona at Estadio Ramon Sanchez Pizjuan on April 11, 2015 in Seville, Spain.  (Photo by Gonzalo Arroyo Moreno/Getty Images) messi