३० आश्विन २०८३, शुक्रबार

सुर्खेतमा ठुलो क्रसर उद्योग सञ्चालन, दैनिक ६ सय ४० टन निर्माण सामग्री उत्पादन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

crusser-company

– सुशील खड्का 

सुर्खेत, २९ चैत । जिल्लामै पहिलो क्रसर उद्योग सञ्चालनमा आएको छ । ५ करोडको लागतमा स्थापना भएको त्रिशक्ती क्रसर उद्योग प्रालि वीरेन्द्रनगरको भोग्रेनीमा स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

२०७० साल फागुनबाट उद्योग स्थापनाको थालनी गरेको त्रिशक्तीले करिव एकबर्षपछि सञ्चालनमा ल्याएको छ । घर, भवन, सडक, पुल लगायतका निर्माण सामग्री बाहिरबाट ल्याउनु पर्ने झन्झन्टको अन्त्य गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको हो ।

पाँच करोडको लागतमा स्थापना भएको उद्योगले स्टोन डस्ट, जिरा क्रसर, ढलान गिट्टी, रोड कालोपत्र तथा पुल निर्माणमा प्रयोग हुने गिट्टी उत्पादन गर्नेछ । उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ झुप्रा र सोत खोला रहेको उद्योग सञ्चालक केदार शर्माले बताए ।

उनले आवश्यक कच्चा पदार्थका लागि जिल्लाका सरोकारवाला पक्षसँग समन्वय भइरहेकोले थप स्थानबाट समेत ल्याउन सकिने उल्लेख गरे । उत्पादन परिक्षण शनिवारदेखी उद्योगले थालेको छ ।

नियमित रुपमा सामग्री उत्पादन भने बैशाखको पहिलो हप्तादेखी गरीने सञ्चालक शर्माको भनाई छ । सुर्खेतमा आवश्यक पर्ने निर्माण सामग्री बाँकेको ढकेरीबाट आउने गरेको छ । जिल्लाको पुरा माग धान्न सक्छौं सञ्चालक शर्माले भने ‘प्रति घण्टा ८० टन अर्थात दैनिक ७५ देखी ७० गाडी सामग्री उत्पादन गर्न सक्छौं ।’

दैनिक ८ घण्टा सञ्चालन हुने उद्योगले करिव ६ सय ४० टन सामग्री उत्पादन हुने अपेक्षा लिएको छ । उद्योग सञ्चालनसँगै स्थानीय तथा बाहिरका गरी ५० जनाले रोजगारी पाएका छन् ।

जिल्लामा उद्योगको स्थापना गर्ने वातावरण सहज नभएको तर्क सञ्चालकको छ । उद्योगकका लागि आवश्यक पर्ने विद्युत नपुगेका कारण ३ सय २० केभीको डिजेल प्लान्ट जानेरेटर सञ्चालक स्वंयमले राखेका छन् । विद्युत विस्तार गर्न करिव ४० लाख खर्च हुने देखियो सञ्चालक शर्माले थपे ‘विद्युत विस्तारैसँगै उद्योगका लागि आवश्यक भोल्टेज पुग्दैनकी भन्ने लागेर डिजेल प्लान्ट राखेर सञ्चालन गर्दैछौं ।’

सञ्चालक केदार शर्मा र गोविन्द शर्माको संयुक्त लगानीमा उद्योग स्थापना गरेका हुन् । उद्योग सञ्चालनसँगै स्थानीयबासी तथा ठुला आयोजनाले माग गरेका निर्माण सामग्रीहरु यहीबाट उपलव्ध हुने अपेक्षा लिएको छ । जिल्लामा दैनिक करिव ५० देखी ६० टन निर्माण सामग्रीहरु निर्यात हुँदै आएकोमा यो उद्योगले विस्थापित गर्ने छ ।

उद्योगमय सुर्खेत बन्नु पर्छ भन्ने धारणा पस्कदै आएका यहाँका राजनीति दलहरुले विद्युत विस्तारमा समेत पहली कदम थाल्ने हो भने उद्योग स्थापना गर्नमा कुनै समस्या नरहेको सञ्चालक शर्माको तर्क छ ।

जिल्लामा यसअघि भेरीगंगा नगरपालिका–८ मा अर्गानिक अदुवा प्रशोधन गर्नेगरी उद्योग स्थापना भएर सञ्चालनमा रहेको छ । मध्यपश्चिमको अदुवा पुरोप पठाउने गरी अर्गानिक माउण्टेन फेल्भर प्रालि सञ्चालनमा आइसकेको छ ।

सुर्खेतमा एकपछि अर्को गर्दै उद्योग स्थापना हुने क्रम बढेपनि उद्योगलाई आवश्यक पर्ने सामग्री ल्याउन भारत र अन्य देशमा पुग्नुपर्ने, अनियमित लोडसेडिङ हुनुपर्ने र विद्युत भएको समयमा प्रयाप्त भोल्टेज नहुने समस्याले उद्योगी व्यवसायी प्रत्यक्ष मारमा पार्दै आएको गुनासो उनीहरुको छ ।

उद्योग स्थापनासँगै आवश्यक पर्ने स्रोत साधनका परपूर्ति गर्न तर्फ यहाँका राजनीतिक दल, सरोरकारवाला पक्ष लगायतले ध्यान दिएमा उद्योगमय सुर्खेत बनाउन कुनै समस्या नरहेको जानकारहरु बताउँछन् ।