२ कार्तिक २०८३, सोमबार

पतिको उपचार र छोरो पढाउन ‘कोकिनको भरिया’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cocaineकाठमाडौं, २९ चैत । गम्भीर प्रकृतिको अपराधमा मुछिएकी मलेसियन महिला मारिना बिन्ती जमालुद्धिनको खुसीको यात्रा त्यही टुंगीयो, जब उनी ११ किलो कोकिनसहित नेपालमा पक्राउ परिन्।

पाँचपटकसम्म कोकिनको भरिया बन्न सफल मारिना छैठौ पटकमा नेपाल भित्रीएर बाहिरिने क्रममा पक्राउ परेकी हुन्।

लागूऔषध नियन्त्रण ब्युरोको केरकारमा रहेकी मारिनाले कुरा गर्दै गर्दा जुनसुकै जवाफ हाँसेर दिइरहिन्।

उनलाई आफूले गलत काम गरेको छु भन्ने पनि भएको छ।

तर त्यो गल्तीको सजाय के हुन्छ भन्नेमा उनी अनभिज्ञ रहेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

गत शुक्रबार त्रिभुवन अन्तर्रष्ट्रिय विमानस्थलमा पक्राउ परेकी ३७ वर्षीया मारिनाले भनिन्,‘ पतिलाई बचाउनु थियो, छोरालाई पढाउनु थियो, त्यही भएर गलत काममा हात हालेँ। आज यस्तो अवस्था आउला भन्ने सोचेको थिइनँ ।’