२९ आश्विन २०८३, बिहिबार

एपिएफविरुद्ध मनाङको सानदार जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

manang-football-club

काठमाडौँ २७ चैत । रेडबुल राष्ट्रिय लिगअन्तर्गत आज भएको खेलमा मनाङले सशस्त्र प्रहरीको (एपिएफ) क्लबविरुद्ध सानदार जित हात पार्‍यो ।

दशरथ रङ्गशालामा भएको खेलमा मनाङले सशस्त्र प्रहरीको (एपिएफ) क्लबलाई ३-० गोलअन्तरले पराजित गर्‍यो । मनाङका लागि पहिलो हाफको १० औँ मिनेटमा विशाल राइले गोल गर्दै मनाङलाई अग्रता दिलाए ।

त्यस्तै खेलको ४० औँ मिनेटमा विदेशी खेलाडी डोडोजले गोल गर्दै मनाङलाई पहिलो हाफमा २-० को स्थितिमा प¥याए । पहिलो हाफमा एपिएफमा खेलाडीले दुई राम्रो अवसर खेर फालेको थियो ।

पहिलो हाफको तुलनामा एपिएफका खेलाडीले निकै आक्रमक खेले पनि गोल गर्न भने सकेनन् । दोस्रो हाफको ५७ औँ मिनेटमा शिव श्रेष्ठले उत्कृष्ट गोल गर्दै मनाङको जित लगभग सुनिश्चित गरे ।

दोस्रो हाफको ८३ औँ र ८७ औँ मिनेटमा एपिएफका अन्जन विष्टले गरेको हेड प्रहार मनाङका गोलरक्षक विशाल श्रेष्ठले सहजरुपमा बचाउ गरे । खेलमा मनाङका विशाल राइ म्यान अफ दि म्याच बने ।