४ कार्तिक २०८३, बुधबार

प्लाष्टिकको झोला बन्द र चुनौतीमा युवाहरुको भुमिका विषयमा छलफल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

plastic-bagकाठमाडौं, २८ चैत । नेपाल सरकारले आगामी बैशाख १ बाट प्लाष्टिकको व्याग बन्द गर्ने निर्णय गरेसँगै यसको विषयमा विभिन्न क्षेत्रबाट काम गर्ने प्रतिबद्धता आउन थालेका छन् ।

काठमाडौमा करिब ८० युवा र यस सम्बन्धि विज्ञहरुले यस विषयमा छलफल चलाएका हुन् । प्लाष्टिक व्याग बन्द गर्दा हुने फाइदा र बन्द गर्दा हुने समस्या एव चुनौती विषयमा युवाहरुको अन्तक्रिया काठमाडौ क्षेत्रलाइ केन्द्रीत गरेर चलाएका हुन् ।

सरकारले प्लाष्टिक झोला मुक्त बनाउने भन्दै २०७२ बैशाख १ गते प्लाष्टिक झोला बन्द गरेपछि आएको चर्चा विषयमा युवा बैज्ञानिक वातावरण विद् तथा प्राफेसरहरुको उपस्थितीमा साइन्टिफिक रिसर्च सोसाइटी नेपाल र सेम्स कलेजले आयोजना गरेको छलफलमा यसबाट हुने वातावरणीय प्रभाव तथा यस विषयबाट हुने सकारात्मक कामका विषयमा छलफलमा केयुका प्रा. डा. सुर्यमान शाक्यले वातारणलाइ परेको असरलाइ न्युनिकरण गर्न राज्य ढिलै भए पनि जिम्मेवार बनेको बताए ।

आगामी दिनमा यस्ता कामहरुमा युवाहरुले सरकारलाई सहयोग गर्ने साइन्टिफिक रिसर्च सोसाइटीका अध्यक्ष हरिबोल आचार्यले बताए ।