४ कार्तिक २०८३, बुधबार

नेकपा एमालेको परिषद् भेला सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Yemaleमोरङ , २८ चैत । नेकपा एमाले मोरङ क्षेत्र नम्बर १ को क्षेत्रिय परिषद् भेला आज सिजुवामा सम्पन्न भएको छ । सिजुवाको विश्वनाथ सामुदायिक सभाहलमा भएको भेलाले राजनैतिक तथा सांगठानिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

क्षेत्रीय सचिव गोपी चापाँगाईद्धारा भेलामा प्रस्तुत प्रतिबेदन सुझाब सहित सर्वसम्मत पारित गरेको हो । भेलामा क्षेत्रमा एमालेको अवस्था, संगठन सुदृढिकरण, सदस्यता बिस्तार लगायतका विषयमा छलफल भएको थियो ।

भेलाले युवाहरुलाई एकीकृत गरी युवाहरुको क्षमतालाई अभिबृद्धि गर्न मोरङ क्षेत्र नम्बर १ मा आगामी ४ वर्ष भित्रमा एउटा व्यवस्थित खेल मैदान निर्माणका लागि सभाषद्मार्फत सरकारसँग पहल गर्ने निर्णय समेत गरेको छ ।

भेलामा नेकपा एमालेका महासचिव इश्वर पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । भेलामा मोरङ क्षेत्र नम्बर १ का एमाले सभाषद् ऋषिकेश पोखरेल, जिल्ला अध्यक्ष महेश रेग्मी, पूर्व केन्द्रीय सदस्य राजेन्द्र गौतम लगायतले बोल्नु भएको थियो । भेला क्षेत्रिय अध्यक्ष दुर्गा बिष्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।