३० आश्विन २०८३, शुक्रबार

सञ्चारमन्त्रीले टेलिकमलाई भने-‘ग्राहकलाई सस्तो र गुणस्तरीय सेवा देउ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

;a}sf] ;xof]u cfjZos  M lj|l6; kmf]hnfO{ k/flht kf/L g]kfnL e'ldsf] /Iff u/]sf] b'O{ ;o jif{ k'u]sf] cj;/df k;f{sf] k;f{ ul9df z'qmaf/  cfof]lht ljho dxf]T;j sfo{qmdnfO{ ;Daf]wg ub}{ ;'rgf tyf ;~rf/dGqL 8f= ldg]Gb| l/hfn .   tl:j/ M lahos'df/ dxtf] ÷/f;; ÷k;f{वीरगन्ज, २८ चैत । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले नेपाल टेलिकमको सेवा सुलभ र गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै उक्त संस्थाका सेवामा प्रत्येक नेपालीको सहज पहुँच पुग्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।

चौध करोड रुपैयाँको लागतमा यहाँ निर्माण भएको उक्त संस्थाको मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको छ तले भवनको आज उद्घाटन गर्दै उहाँले सूचना तथा सञ्चार क्षेत्रमा आएका नवीनतम प्रगतिलाई आत्मसात् गर्नुपर्ने बताउनुभयो ।

प्रतिस्पर्धाको वर्तमान युगमा आफूलाई समयसापेक्ष बनाउन टेलिकम लाग्नुपर्ने खाँचो औँल्याउँदै उहा“ले भन्नुभयो, “टेलिकमले सस्तो र गुणस्तरीय सेवा प्रदान गरी आफूलाई सबल र सुदृढ संस्थाका रुपमा उभ्याउनुपर्छ ।”

मन्त्री रिजालले औद्योगिक एवम् व्यापारिक नगर वीरगन्जमा हालसम्म ‘थ्री जी’ सेवा विस्तार गर्न नसक्नु दुःखद कुरा हो भन्दै चा“डोभन्दा चा“डो थ्री जी सेवा विस्तारमा लाग्न टेलिकमलाई निर्देशन पनि दिनुभयो ।