काठमाडौं, २८ चैत । अष्ट्रेलियन क्रिकेटर रायन कार्टरको कप्तानीमा रहेको टीम रातोले मैत्रीपूर्ण क्रिकेट खेलमा टिम निलो सामू १६४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
क्रिकेट बलले लागेर निधन भएका अष्ट्रेलियन क्रिकेटर फिलिप ह्यजप्रति श्रद्धान्जली दिन किर्तीपुर खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको टिम रातोले निर्धारित ३३.३ ओभरमा ९ विकेट गुमाएर १६३ रन बनायो ।
टिम रातोका शरद भेषावकरले ५२ रनको अर्धशतकीय पारी खेले । अन्य व्याट्स म्यानले सामान्य प्रदर्शन गरे ।
टिम निलो अहिले जवाफी व्याटिङमा छ । निलोका कप्तान विनोद दासको यो अन्तिम खेल हो । यही खेलबाट उनले अन्तराष्ट्रिय क्रिकेटमा सन्यास लिँदै छन् । खेल हेर्न हजारौं दर्शक टियू खेल मैदान किर्तीपुर पुगेका छन् ।















प्रतिक्रिया