४ कार्तिक २०८३, बुधबार

वृद्धाश्रममा कपडा र खाद्यान्न वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, २८ चैत । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरले शुक्रबार सुडाको रौटेलास्थित वृद्धाश्रममा खाद्यान्न र कपडा वितरण गरेको छ ।

संविधानसभा सदस्य कलसा महरा र केन्द्रकी अध्यक्ष सीता बोहराले संयुक्तरुपमा वृद्धवृद्धालाई खाद्यान्न र कपडा हस्तान्तरण गर्नुभएको हो । वृद्धवृद्धालाई केन्द्रले ओढ्ने, बिछ्याउने र लगाउने कपडाका साथै एक महिनाका लागि पुग्ने खाद्यान्न उपलब्ध गराएको छ ।

बैजनाथ धाम तथा वृद्धाश्रम सेवा समितिले सञ्चालन गर्दै आएको आश्रममा १५ वृद्धवृद्धा बस्दै आएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि सभासद महराले वृद्धावस्था सबै मानिसका लागि अनिवार्य भएकाले वृद्धाश्रमका बसेका वृद्धवृद्धाप्रति गम्भीर हुनुपर्ने बताउनुभयो । सुडाका बासिन्दा महराले आश्रमका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत गर्नुभयो ।

केन्द्रकी अध्यक्ष सीता बोहराको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय विकास अधिकारी मोहन पौडेलले समाजका ज्येष्ठ नागरिकप्रतिको दायित्व निभाउन जिविसले सहयोग गरिरहेको र आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिइने बताउनुभयो ।

महिला तथा बालबालिका कार्यालयका प्रमुख अनिता बुढाऐर, जनस्वास्थ्य कार्यालयका रतनबहादुर विष्ट, वृद्धाश्रम सेवा समितिका उपाध्यक्ष मोहनबहादुर चन्दलगायतले आश्रमका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

केन्द्रकी अध्यक्ष बोहराले घर परिवार र आफन्त नभएर सहाराविहीन भएका वृद्धवृद्धालाई सेवा गर्नु सबैको दायित्व भएको बताउनुभयो ।