२ कार्तिक २०८३, सोमबार

नेपाल र दक्षिण कोरियाबीच श्रम सम्झौता नवीकरण अन्यौलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Koriyaदक्षिण कोरिया, २८ चैत । नेपाल र दक्षिण कोरियाबीच भएको श्रम सम्झौताको अवधि सकिएको छ नौ महिना बितिसक्दा पनि नवीकरण कहिले हुने भन्ने अझै टुंगो लागेको छैन् ।

कामदार आपूर्तिबारे जारी प्रक्रियामा व्यवधान खडा नहुने हुँदा दुईतर्फबाट नै ढिलाइ हुँदै आएको छ ।

गत जुन २९ मा सम्झौताको अवधि सकिएको हो । अवधि सकिए पनि दुई वर्षसम्म प्रक्रियालाई कुनै असर नगर्ने व्यवस्था छ ।

नेपाल र कोरियाबीच सन् २००७ जुलाई २३ मा श्रम सम्झौता भई २००८ देखि नेपाली कामदारको ईपीएस मार्फत कोरिया प्रवेश सुरु भएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।