काठमाडौं, २८ चैत । सडकको सुविधा तथा विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटन प्रवर्द्धन गरी तराई मधेशका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण गर्न लागिएको हुलाकी राजमार्ग अलपत्र पर्ने सम्भावना बढ्दै गएको छ ।
यस आयोजनाको पहिलो प्याकेजमा निर्माण गरिने ६०७ किलोमिटर सडकका लागि छवटा प्याकेज बनाई कार्य अगाडि बढाइएकोमा अहिले पाँचवटा प्याकेजका निर्माण कम्पनीहरुले काम छाडेर भागिसकेकोले यो आयोजना अलपत्र हुने सम्भावना बढ्दै गएको हुलाकी राजमार्ग आयोजनाका निर्देशक चन्द्रनारायण यादवले बताए ।
समझदारीपत्र अनुसार भारत सरकारले आयोजनाका सडकहरुको विस्तृत प्रतिवेदन तयार पार्ने, निर्माण, स्तरोन्नति र निर्माण सुपरीवेक्षण गर्ने, परामर्शदता र निर्माण कम्पनी छनोट तथा कार्यमा लाग्ने सम्पूर्ण खर्च भारत सरकारले नै बेहोर्ने गोरखापत्र दैनिकले छापेको छ ।















प्रतिक्रिया