२ कार्तिक २०८३, सोमबार

अज्ञात रोगको डरले जिल्लावासी त्रसित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, २८ चैत । पहिचान हुन नसकेको रोगको प्रकोपबाट जाजरकोटमा मृत्यु हुनेको संख्या १० पुगेको छ । मृतकमध्ये आठजना एकै गाउँका छन् । सयौं विरामी परेका छन् । एक सातादेखि गाउँ गाउँमा रोग फैलिन थालेपछि जिल्लावासी त्रासमा बाँचेका छन् ।

मृत्यु हुनेमा पैंक गाविस ६ का जैसरी रोकाया, लक्ष्मी रोकाय र धनबहादुर रोकाया, सोही गाविस ५ का खम्बबहादुर नेपाली र बीरबहादुर रोकाया, ३ की जैरुपा उपाध्याय, ४ की कल्दरी रोकाय र २ का तिलक गिरी रहेको जनता उच्च माविका शिक्षक मोहन शाहीले बताएको नयाँ पत्रिका दैनिकले छापेको छ ।

त्यस्तै, अर्छानी र नायकवाडा गाविसमा एक एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।