काठमाडौ, २८ चैत । प्रमुख दलहले संविधानका विवादित विषयमा सहमति खोज्न अनौपचारिक बार्ता र संवादलाई निरन्तरता दिएका छन ।
कांग्रेस, एमाले र एमाओवादीका कार्यदल सदस्यहरुले सहमति जुटाउने प्रयत्न जारी राखेका हुन् ।
संविधानसभाको प्रकृया सुरु हुनुअघि नै सहमति जुटाउन उनीहरुले संघियताको मुख्य विवादित पाँच जिल्लाको विवाद मिलाउन विभिन्न विकल्पमा छलफल केन्द्रित राखेको बैठकमा सहभागी एक नेताले दिएको कान्तिपुर दैनिकले छापेको छ ।
सहमतिका विकल्पसहित छलफलमा बस्ने तयारी स्वरुप सत्तारुढ दल काग्रेस र एमालेबीच शनिबार पुनः बैठक हुदैछ ।
पछिल्ला दिनमा छलफलका लागि सहजता उत्पन्न भएकाले विपक्षीहरु सहमति गर्ने ढंगले प्रस्तुत हुने अपेक्षा सत्तारुढ दलहरुको छ ।
‘सहमति हुने अवस्था बनिसकेको त छैन र छलफलका लागि सहज वातावरण पैदा भएको छ’ एमाले उपाध्यक्ष भिम रावलले भने,’कसरी सहमतिमा पुग्न सकिन्छ भन्नेमा काग्रेस एमाले निरन्तर छलफलमै छौ ।’
संघीयतामा ८ प्रदेशमा जाने, तीनको नाम सम्वन्धित प्रदेशसभाले गर्नेमा शैद्धान्तिक सहमति जुटेपनि पूर्वका झापा, मोरङ, सुनसरी र पश्चिमका कैलाली कंचनपुरको विवादलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा छलफल केन्द्रित हुन थालेको छ ।
एमाओवादीले पाँच जिल्लालाई केन्द्र शासित राख्ने या संघीय आयोग मार्फत हल खोज्ने विकल्प प्रस्ताव गरेको छ । स्रोतका अनुसार सत्तापक्ष जनमत संग्रहमा जाने विकल्प जोडदार बनाएको छ ।
संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले ३० गतेका लागि संविधान सभा बैठक बोलाएका छन् ।
३० गते सम्म पनि सहमति हुन नसके त्यसपछि संविधानको प्रक्रिया अघि बढाउने योजनमा कांग्रेस र एमाले छन ।
सहमति भएको बिषयहरुको मस्यौदा बनाउने र सहमति हुन बाँकी बिषयलाई थाती राख्ने गरी अघि बढ्ने तयारी दुई दलको छ ।















प्रतिक्रिया