४ कार्तिक २०८३, बुधबार

पौडी खेल्न गएका नेपाली सेनाका जवान कर्णाली नदीमा बगेर वेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-sena1कालीकोट, २७ चैत । सडक निर्माणमा खटिएका नेपाली सेनाका जवानको पौडी खेल्दा कर्णाली नदीमा बगेर वेपत्ता भएका छन् । ती जवानको नाम सेनाको सार्वजनिक गरिसकेको छैन ।

चितवन घर भएका ती जवान कोटवाडा गाविसको लालिघाट बजारस्थित कर्णाली नदीमा बेपत्ता भएको बताइएको छ । कर्णाली करिडोरको लालु लैफु सडक खण्डको कामको जिम्मा लिएको नेपाली सेनाले काम गर्ने स्थान लालिघाट बजारमा दिउँसो घाम भएको समयमा नुहाउन जाँदा नदीले बगाएको नेपाली सेनाको मान्मस्थित सार्दुल गुल्मले जनाएको छ ।

गुल्मका अनुसार बेपत्ताको खोजी कार्य जारी रहेको र शव भेटिएपछि परिवारलाई जानकारी गराएपछि नाम भन्न सकिने बताइएको छ । रासस