३० आश्विन २०८३, शुक्रबार

नेपाल टेलिकमले लाभांश रकम ग्राहकलाई बाड्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Telecomकाठमाडौँ, २७ चैत । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आव २०७०/७१ को मुनाफा रकममध्ये चुक्ता पूँजीको ४७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

सातौँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवम् सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनीलबहादुर मल्लले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै यस आवमा कूल राजस्व रु ३९ अर्ब ६९ करोड पुगेको र कम्पनीको आयकर पछिको नाफा रु ११ अर्ब ५५ करोड ३७ लाख भएको जानकारी दिनुभयो ।

गत आवमा कम्पनीको कूल राजस्व रु ३८ अर्ब ८५ करोड रहेको थियो । उहाँले यस अवधिमा एक करोड लाइन क्षमताको जिएसएम मोबाइल योजना कार्यान्वयन सफल रहेको र २० लाख क्षमताको आइपी सीडिएमए योजना सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

अध्यक्ष मल्लले मुलुकका सबै क्षेत्रमा डाटा सेवाको पहुँचलाई सहज गराउने उद्देश्यअनुरुप थ्रीजी सेवाको विस्तारलाई प्राथमिकता दिइएको बताउनुभयो ।