काठमाडौं, २७ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित भारत प्रस्थान गरेका छन् । बेलुकी पाँच बजेको फ्लाईटबाट त्रिभुवन विमानस्थलबाट पूर्वराजा ज्ञानेन्द्र भारत प्रस्थान गरेका हुन् ।
विमानस्थलमा उनका समर्थक ‘राजा आउ देश बचाउ’ भनेपछि खुसी देखिन्थे । पूर्वराजाले सबै समर्थकलाई हात हल्लाएर अविवादन गरे । हासोबाट आफ्नो पक्षमा आएको आवाजलाई स्वीकार गरे ।
पूर्वरानी कोमलको स्वास्थ्य उपचार तथा आफ्नो स्वास्थ्य परीक्षण गराउन पूर्वराजा ज्ञानेन्द्र भारत गएका हुन् ।
ज्ञानेन्द्रसँगै पूर्वरानी कोमल, नातिनी पूणिर्का तथा सहयोगी फणिराज पाठक पनि भारत गएका छन् । पूर्वराजा ज्ञानेन्द्रले दिल्लीमा उच्चस्तरीय नेताहरुसँग राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।
पूर्वराजाको भ्रमणको व्यवस्था मिलाउन पूर्वयुवराज्ञी हिमानी शाहसहित ज्ञानेन्द्रका स्वकीय सचिव सागर तिमल्सिना दिल्ली गइसकेका छन् ।

तस्वीर : रासस












प्रतिक्रिया