४ कार्तिक २०८३, बुधबार

छ दिनदेखि बालक बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, २७ चैत । यहाँको डाँडागाउँ गाविस–३ चिउरीका १२ वर्षीय शेरबहादुर विक छ दिनदेखि बेपत्ता भएका छन् ।

चैत २२ गते बिहान घरबाट बेपत्ता भएको र अहिलेसम्म कतै पनि फेला पार्न नसकिएको उनका बाबु चन्द्रबीर विकले बताउनुभयो । नेरा प्राविमा कक्षा ४ मा पढ्ने बालक गहँुगोरो वर्णको भएको र च्यातिएको चप्पलमा रहेका छन् ।

मावली घरमा रहेको शङ्कामा खोजी नगरिएको र छ दिन बितिसक्दासम्म सम्पर्कमा नआएपछि मावली घरमा सम्पर्क गर्दा नभेटिएपछि बेपत्ता भएको परिवारले बताएको छ । रासस