काठमाडौं, २७ चैत । एकीकृत नेकपा माओवादीले सत्ताको लोभले परिवर्तनकारी जनतालाई धोका दिएर आमहड्ताल फिर्ता लिएको खुलासा भएको छ ।
प्रधानमन्त्रीसँग गुपचुप वार्ता गरी सत्ता आलोपालो गर्ने सहमति भएपछि प्रचण्डले आन्दोलनका कार्यक्रम रोकेको मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यावदले खुलासा गर्नुभएको हो ।
मोर्चाका सदस्य समेत रहेका नेता यादवले आफ्नो निहित स्वार्थका लागि ३० दलीय मोर्चालाई धोका दिएको आरोप लगाउनुभयो । ‘प्रचण्ड धोकबाज हुन्, सत्ताको लोभले यत्रो परिवर्तनकारी शक्तिलाई लत्याउँदै आन्दोलन फिर्ता लिए’ उहाँले भन्नुभयो ।
शुक्रबार विराटनगरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै यादवले आमहड्ताल फिर्ता लिनुको कारण प्रचण्डले जनतासामु स्पष्ट नपारेसम्म कुनै पनि बैठकमा सहभागी नहुने बताउनुभयो । मोर्चाका संयोजक भएभन्दैमा प्रचण्डले सत्तापक्षीय दलको समर्थमा जथाभावी निर्णय गर्न लागेको भन्दै सत्ताको लोभमा फसेको आशंका उहाँको छ ।
मोर्चाको नेतृत्व सम्हाल्न नसकेको आरोप लगाउँदै प्रचण्डको नेतृत्व क्षमतामा समेत यादवले प्रश्न उठाउनुभयो । ‘प्रचण्डले नेतृत्व दिन नसके मोर्चाको आन्दोलन रोकिँदैन । अर्को मोर्चा बन्नसक्छ ।’ उहाँले भन्नुभयो ।












प्रतिक्रिया