२९ आश्विन २०८३, बिहिबार

धोनीको चेन्नाईले युवराजको दिल्लीलाई १ रनले हरायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ms-dhoniकाठमाडौं, २७ चैत । बुधबारदेखि सुरु भएको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो खेलमा चेन्नई सुपरकिंग्सले दिल्ली डेयरडेविल्सलाई एक रनले पराजित गरेको छ ।

घरेलु मैदानमा पहिले ब्याटिङ गरेको चेन्नईले दिल्ली सामु १ सय ५१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । निर्धारित २० ओभरमा चेन्नईले सात विकेट गुमाउँदै १ सय ५० रन बनायो ।

१ सय ५१ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको दिल्ली डेयरडेविल्सले ९ विकेटको क्षतिमा जम्मा १ सय ४९ रन बनाउन सक्यो ।

dhoniयसअघि चेन्नईका लागि ड्वेन स्मिथले ३४, डू प्लेसीले ३२ र कप्तान महिन्द्रस‌िह धोनीले ३१ रन बनाए । दिल्लीका लागि काल्टर नाइले एक्लैले ३ विकेट लिए ।

जवाफमा दिल्लीका लागि एल्बी मार्केलले अविजित ७३ रन बनाए । दिल्लीका लागि मार्केल, मयंक अग्रवाल र केदा जाधवबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

दिल्लीको अन्तिम समयमा जितका लागि ६ रन चाहिएको थियो । तर, मार्केलले ४ सन मात्र बनाउन सके । दोस्रो खेलमा दिल्लीका कप्तान युवराज सिंह चल्न सकेनन् ।