२ कार्तिक २०८३, सोमबार

संघियता विवाद मिलाउन काँग्रेस र एमालेको यस्ता छन् प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NC and UML Talks

काठमाडौँ, २७ चैत । सत्तासीन कांग्रेस र एमालेले चैत मसान्तसम्म संविधानका विवादित विषयमा सहमति नभए संविधानसभाको प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको दुई दलका शीर्ष नेताहरूको बैठकले सहमतिका नाममा लामो समय संविधानसभा निष्क्रिय बनाउन नहुने निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो। उनीहरूले सहमतिका लागि चार दिन भरपूर प्रयास गर्ने भएका छन्।

बैठकले संघीयता विवाद मिलाउन तीनवटा प्रस्ताव अघि सारेको छ। ‘३० गतेभित्र विभिन्न विकल्पमा छलफल गर्ने र सहमति नभए प्रक्रियामा जाने निर्णय भएको छु’- एमाले नेता माधव नेपालले भने। कान्तिपुर दैनिकमा समाचार छ ।

कांग्रेस(एमालेले अब एमाओवादी नेतृत्वको मोर्चासँग निर्णायक वार्ता गर्ने भएका छन्।