काठमाडौँ, २७ चैत । चार वर्षका लागि निर्वाचित दोस्रो संविधानसभाको कार्यकाल झण्डै तीन वर्ष बाँकी रहेका बेला युरोपीयन युनियनका नेताहरुले तेस्रो निर्वाचनको संभावनाबारे सोधखोज सुरु गरेका छन् । नेपाल भ्रमणमा रहेको युरोपीयन युनियनका सांसद जिन लाम्बर्ट नेतृत्वको चार सदस्यीय प्रमण्डलले बिहीबार यहाँको उच्च राजनीतिक तहमा गरेको भेटघाटमा त्यस्तो जिज्ञासा राखेको हो ।
प्रमण्डलले राष्ट्रपति रामबरण यादव, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र प्रमुख राजनीतिक दलका नेताहरुसंग छुट्टाछुटै भेटघाट गरेको थियो । बेलायतको ग्रिन पार्टीकी नेतृ लाम्वर्ट नेतृत्वको भ्रमणदलमा रोमानियाका कृष्टियन डन प्रेडा, जर्मनीका थोमस मन, बेलायतका आफ्जाल खान छन् ।
‘उहाँहरुमध्ये एकले संविधानसभाको तेस्रो निर्वाचनको संभावनाबारे जिज्ञासा राख्नुभयो,’प्रमण्डलसंगको भेटपछि संविधानसभा अध्यक्ष नेम्वाङले भने, ‘तेस्रो निर्वाचनका कुरा उठाउनुसम्म पनि बेठीक हुन्छ । यही संविधासनभाले संविधान निर्माण गर्छ । तेस्रो संविधानसभा असम्भव छ । मैले प्रष्ट शब्दमा यो संभव छैन भनेको छु ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।
















प्रतिक्रिया