२ कार्तिक २०८३, सोमबार

सगरमाथा खोपेर नेपालमा रेल ल्याउने चीनको प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sagarmatha-Himal

काठमाडौं, २७ चैत । चीनले सर्वोच्च शिखर सगरमाथा हुँदै काठमाडौंसम्म रेलवे निर्माण गर्ने प्रस्ताव गरेको छ । चीनले सगरमाथा छेडेर सुरुङमार्फत रेल ल्याउन यस्तो प्रस्ताव अघि सारेको हो ।

नेपालकै प्रस्तावअनुसार चीनले सगरमाथा सुरुङ बनाएर सन् २०२० सम्म काठमाडौंसम्म रेल ल्याउने तयारी गरेको चिनियाँ सरकारी सञ्चारमाध्यम चाइना डेलीले बुधबारको अंकमा लेखेको छ । तिब्बतको रेल वे सेवाले ल्हासा र चीनको अन्य सहर पहिले नै जोडिसकेको छ । नौ महिनाअघि चीनको सिगात्से ल्याइपुर्याइएको रेल सन् २०२० भित्र नेपालको सीमासम्म जोड्ने महत्वकांक्षी योजना चीनले गत वर्ष सार्वजनिक गरेको थियो ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – नेपाललाई चीनको रेलमार्गले जोड्न विकट भौगोलिक स्थितिका कारण सगरमाथा सुरुङमार्ग बनाउनुको विकल्प नभएको चिनियाँ विज्ञ तथा एकेडेमी अफ इन्जिनियङि अफ चाइनालाई उद्धृत गर्दै चाइना डेलीले जनाएको छ । चिनियाँ विज्ञ वाङमेङ्सुका अनुसार सगरमाथामा सुरुङमार्ग बनाएर रेल नेपाल ल्याइनेछ । यो सुरुङमार्ग मार्फत चीनबाट काठमाडौं आउने रेलको गति एक सय २० किलोमिटर प्रतिघन्टा हुनेछ। चिनियाँ विदेशमन्त्री वाङ यीको गत पुसमा भएको नेपाल भ्रमणका बेला पनि सुरुङ बनाउने विषय उठान भएको जनाइएको छ । नेपाल सरकारले भने नेपाल–चीन सीमा नाका केरुङ आइपुग्ने चिनियाँ रेललाई काठमाडौं जोड्ने योजनाअनुसार सम्भाव्यता अध्ययन गर्ने जनाएको छ । ६ वर्षअघि केरुङ आइपुग्ने चिनियाँ रेललाई काठमाडौंसम्म ल्याउन रेलवे विभागले तयार पारेको रेलवे सम्भाव्यता अध्ययन प्रतिवेदन राष्ट्रिय योजना आयोगले दुई साताअघि स्वीकृत गरिसकेको छ ।