काठमाडौं, २६ चैत । विश्व फुटबल खेलका हस्ती क्रिष्टियानो रोनाल्डोले आफ्नो टिम रियल मड्रिडका लागि ३ सय गोल गरेका छन् ।
स्पेनिस ला लिगा अन्तर्गत बुधबार रातिको खेलमा रियल मड्रिडले रायो भालेकानोलाई २-० ले पराजित गर्दा एक गोल गरेर रोनाल्डोले आफ्नो खातामा व्यक्तिगत ३ सय गोल गरेका हुन् ।
पहिलो हाफमा रियल मड्रिडका गोलरक्षक इकर कासियासले केही उत्कृष्ट बचाउ गरे । दोस्रो हाफको ६८ औं मिनेटमा रियलले रोनाल्डोको गोलबाट अग्रता लियो । बुधबार रातिको खेलमा हानेको गोल रोनाल्डोको यो २८८ खेलमा ३०० औं गोल थियो ।
फुटबल खेलमा उनले ५५ गोल पेनाल्टीबाट गरेका छन् भने ४१ हेड गोल छ । डिबक्स बाहिरबाट ४६ गोल गरेका छन् । १४६ गोल डिबक्स भित्रबाट गरेका छन् ।
खेलको ७३ औं मिनेटमा जेम्स रोड्रिग्वेजले गोल गरेपछि रियल मड्रिड २-० ले विजयी भयो । जितपछि रियल मड्रिड ३० खेलबाट ७० अंकका साथ दोस्रो स्थानमा छ ।
लिग लिडर बार्सिलोना समान ३० खेलबाट ७४ अंकका साथ शिर्ष स्थानमा छ । रियल बार्सिलोना भन्दा अझै ४ अंकले पछाडि छ । एजेन्सी















प्रतिक्रिया