काठमाडौँ, २६ चैत । नयाँ वर्ष २०७२ को अवसर पारेर आईएमईले “आईएमई तीन दिन खुशीका” नामक सेवाग्राहीमुखी प्रबर्धनात्मक कार्यक्रम ल्याएको छ ।
२०७१ चैत्र ३० देखि २०७२ बैशाख २ गतेसम्म यो कार्यक्रम संचालन हुनेछ । सम्पूर्ण सेवाग्राही, शुभचिन्तक सबैैमा सुस्वास्थ्य एवम् उतरोत्तर प्रगतिको कामना गर्दै नयाँ बर्षको क्यालेण्डरसहितका केही प्रवद्र्धनात्मक समाग्रीहरू देशभर रहेका एजेन्ट प्रतिनिधिमार्फत् सेवाग्राहीलाई उपलब्ध गराइने आईएमईका बजार तथा व्यापार प्रबर्धन प्रमुख डेनियल डी. श्रेष्ठले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीमा गएका नेपालीहरुले पठाएको रेमिटेन्स रकमको परिमाणका आधारमा आईएमई नेपालको नम्बर १ रेमिटेन्स कम्पनीको रुपमा स्थापित छ । सेवा शुभारम्भको १४औं वर्षसम्ममा नेपालका प्रमुख शहर तथा शहरोन्मुख ग्रामीण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका ३२ सयभन्दा बढी एजेन्ट, सब–एजेन्ट, १ सय १० आईएमई सेन्टर र विभिन्न बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको आईएमईले जनाएको छ ।
















प्रतिक्रिया