काठमाडौं, २६ चैत । भारतमा हिजोदेखि सुरु भएको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितामा कोलकत्ता नाइडराइडर्सले विजयी सुरुवात गरेको छ ।
बलिउडका वादशाह शाहरुख खानको टिम कोलकत्ताले घरेलु मैदानमा बुधबार रातिको खेलमा मुम्बई इण्डिउनसलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
कोलकत्ताको इडेन गार्डेन क्रिकेट स्टेडियमा भएको खेलमा ९० हजार दर्शकमाझ कोलकत्ता नाइट राइडर्सले सानदार जित हात पारेको थियो ।
खेलको अन्तिममा ९ बल बाँकी हुँदै कोलकत्ताले रन लक्ष्य पूरा गर्दै मुम्वइलाई हराएको हो ।
३ विकेटको क्षतीमा कोलकत्ताले विजय हासिल गरेको हो। जीतसँगै महत्वपूर्ण २ अंक पनि कोलकत्ताले हासिल गरेको छ।
सूर्यकुमार यादवको उत्कृष्ट खेलले कोलकत्तालाई विजयी बनाउन सहज बनाएको थियो । उनले ४६ रन बनाए । उनी नटआउट पनि रहे ।
यसअघी मुम्बई इन्डियन्सले जितका लागि कोलकत्ता नाइट राइडर्सलाई १ सय ६९ रनको लक्ष्य दिएको थियो ।
टस हारेर व्याटिङ को निम्तो पाएको मुम्बइले निर्धारित २० ओभरको खेलमा ३ विकेटको क्षतिमा १६८ रनमा अल आउट भएको थियो । मुम्बइका लागि रोहित शर्माले ९८ र एन्डरसनले ५५ रन बनाए ।
शाहरुख खानको टीम कोलकत्ता नाइटर्स राइडर्सले दुई पटक आइपिएलमा कब्जा जमाइसकेको छ। अघिल्लो सिजनको उपाधी पनि कोलबत्ताले उपाधीमा कब्जा जमाएको थियो । यसअघि शाहरुखले आफ्नो टिमका खेलाडीलाई उपाधि जितेर ल्याउन शुभकामना पनि दिएका थिए ।















प्रतिक्रिया