१ कार्तिक २०८३, आइतबार

चीनका गाउँमा यसरी बेचिए नेपाली युवती, दिनदहाडै हुन्छ यौन शोषण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-woman-chinaकाठमाडौं। विवाह गरेर चीनको दुर्गम गाउँ पुगेका नेपाली युवतीले आफूहरु बेचिएको भन्दै उद्दारका लागि आग्रह गरेका छन् ।

चीनको उत्तर–पूर्वी प्रान्त हार्विनको दुर्गम गाउँमा पुगेका १८ युवतीले आफूहरुलाई यौनदासका रुपमा राखिएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) की एसपी किरण बज्राचार्यका अनुसार पीडित युवतीले दुःख पाएको भन्दै उद्दारका लागि फोनमार्फत आग्रह गरेका छन् । यसबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकिएको बज्राचार्यले बताइन् ।

काठमाडौंका म्यारिज ब्युरोमार्फत चिनियाँ पुरुषसँग विवाह गरेर नेपाली युवती चीनका विभिन्न गाउँमा पुगेका छन् ।

महिनामा एक लाखभन्दा धेरै कमाई हुने र विवाह गर्ने युवक धनी भएको भन्दै झुक्याएर बिहे गरी नेपाली युवतीलाई चीनमा पुर्‍याएको हो ।