१ कार्तिक २०८३, आइतबार

माइतीले सगुन नलिएपछि सासु ससुराले गरे बुहारीको हत्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cry womanदोलखा, २६ चैत । दोलखाको भुसाफेदामा प्रेम विवाह गरी गर्भवती बनेकी एक महिला माइती पक्षले सगुन नलिएपछि सासु–ससुराबाटै मारिएको तथ्य खुलेको छ ।

सगुन नलिएकै रिसमा छोरा घरमा नभएको मौका छोपी सासु–ससुराले स्थानीय युवासमेत ‘हायर’ गरी आठमहिने गर्भवती बुहारी लालुमायाको हत्या गरेको तथ्य प्रहरीले बाहिर ल्याएको हो। राजधानी दैनिकमा खबर छापिएको छ ।

लालुमायाको शव १० दिनअघि फेला परेको थियो । जिप्रका दोलखाले लामो अनुसन्धानपछि ससुरा ५९ वर्षीय असलमान तामाङ,सासु ५६ वर्षीया फूलमाया तामाङ र सोही गाउँका १७ वर्षीय बोले भन्ने मनीष वाइवाले उनको हत्या गरेको तथ्य फेला पारेको हो ।

प्रहरीसमक्ष अभियुक्तले दिएको बयानअनुसार मृतकका सासू–ससुराले २० हजार रुपैयाँ दिने आश्वासनमा छिमेकी युवा मनीषलाई हत्या गर्न साथी लगेका थिए।