३० आश्विन २०८३, शुक्रबार

सोना मनसुली चामललाई परी ब्राण्डको भन्दै दोब्बर मूल्यमा बिक्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pari-brown-riceकाठमाडौ, २६ चैत । प्राइम एडिबल उद्योगलाई सोना मनसुली चामललाई ‘परी’ ब्राण्डको ‘ब्राउन राइस’ भन्दै बेचेको र दोब्बरभन्दा बढी मूल्य लिएर उपभोक्ता ठगेको आरोप लागेको छ ।

उद्योगले उक्त ब्राउन राइसले मधुमेह र उच्च रक्तचापको विरामीलाई फाइदा गर्ने प्रचार गरे पनि त्यसमा त्यस्तो कुनै गुण फेला नपरेको अधिकारीहरुले बताएका छन् ।

केही दिनअघि उद्योगमा अनुगमन गर्दा दावी गरिए जस्तो कुनै पनि गुण चामलमा फेला नपरेको सरोकारवाला सरकारी निकाय र उपभोक्ता अधिकारकमीहरुले बताएको नागरिक दैनिकले छापेको छ ।

उद्योगले धानको बोक्रामात्रै निकाल्ने मेशिन जडान गरी तराईमा फल्ने सोना मन्सुलीको चामललाई ब्राउन राइस भनेर महंगो मूल्यमा बेचेको पाइएको वाणिज्य तथा आपूर्ति ब्यवस्थापन विभागका निर्देशक हरिनारायण बेल्वासेले बताए ।

‘चामलको मूल्य प्रतिकिलो ११० रुपैयाँ तोकिएको छ । जबकि सोना मन्सुली चामल बढीमा ६० रुपैयाँ किलो पाइन्छ,’ बेल्बासेले भने, ‘उपभोक्ता ठग्ने र सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गर्ने उद्योगविरुद्ध मुद्दा दायर गर्छौं ।’

उद्योगले गत कार्तिकमा मधुमेह र उच्च रक्तचापका विरामीलाई फाइदा गर्ने नारासहित यो चामल बजारमा ल्याएको थियो ।