२९ आश्विन २०८३, बिहिबार

एकै चिहानमा ४७ जना गाडिएको अवस्थामा भेटिए, को होलान यि निर्दोष ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IRAQ-CONFLICT-FUNERALबग्दाद, २५ चैत । इराकमा ४७ व्यक्ति गाडेर राखेको सामूहिक चिहान फेला परेको छ । इराकको टिक्रिटमा फेला परेको सो सामूहिक चिहान जिहादी समूहले आमहत्या गरेका सिते मुसलमान समुदायका व्यक्तिहरुको भएको विश्वास गरिएको मानवीय अधिकार मन्त्रालयका प्रवक्ताले मङ्गलबार जानकारी दिएको छ ।

एघार वटा सामूहिक चिहान खनेर ४७ जनाको शव फेला परेको सो मन्त्रालयका प्रवक्ता कमेल आमिनले एएफपी समाचार समितिलाई बताउनुभएको छ । उक्त सङ्ख्या बढ्न सक्नेसमेत उहाँले बताउनुभएको छ ।

आमिनका अनुसार इस्लामिक स्टेट (आइएस) जिहादीद्वारा अपहरण गरिएका १७ सय सिते मुसलमान समूहमध्येकै नयाँ सिपाहीहरुलाई अत्यन्त अन्यायपूर्वक आमहत्या गरिएको विश्वास छ ।

सामूहिक चिहानमा फेला परेका व्यक्तिहरुको डिएनए परीक्षण गरेपछिमात्र परिचयको पुष्टि गरिने पनि आमिनले बताएका छन् ।

इराकी बलले गत हप्ता इराकी सहर टिक्रिट आइएस लडाकूबाट पुनः कब्जा गरेपछि सो सामूहिक चिहान फेला परेको जनाइएको छ । रासस/एएफपी