१३ कार्तिक २०८३, शुक्रबार

भीम रावल भन्छन्-‘आन्दोलन फिर्ता लिएर माओवादीले बुद्धि पुर्‍यायो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhim-rawalकाठमाडौं २५ चैत । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चाले आन्दोलन फिर्ता लिएर सहमतिको बाटो खुला गरेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारका उपाध्यक्ष रावलले तीस दलले आन्दोलनका कार्यक्रम फिर्ता लिनुले सहमतिका लागि बाटो त खुला गरेको छ, तर यही ३० गतेभित्रमा सहमति नभएको खण्डमा संविधानसभा नियमावलीअनुरूप प्रक्रियामा जानुको विकल्प छैन भन्नुभयो ।

सहमतिका आधारमा संविधान जारी गर्न दबाब दिने उद्देश्यले मोर्चाले यही चैत २४, २५ र २६ गते नेपाल बन्दलगायत आमहड्तालको कार्यक्रम सार्वजनिक गरेको थियो ।

तर, मङ्लबार बेलुका बसेको मोर्चाको बैठकले सत्तारुढ दलले संविधानसभाको बैठक यही चैत ३० गतेका लागि तय गरेकाले नयाँ राजनीतिक परिस्थिति देखापरेको तथा नागरिक समाज र उद्योगी व्यवसायीका तर्फबाट पनि बन्द फिर्ता लिन आग्रह गरेको भन्दै तत्कालका लागि फिर्ता लिने निणर्य गरेको थियो ।