२९ आश्विन २०८३, बिहिबार

सांसदका छोरामाथि निर्घात कुटपिट, कम्मरको हड्डी भाँचियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parking-fightनयाँदिल्ली, २५ चैत । डान्सबारमा नाच्न गएका सभाषद्का छोरामाथि पार्किङ्ग विवादमा अज्ञात समुहले निर्घात कुटपिट गर्दा कम्मरको हड्डी भाँचिएको छ ।

साउथ दिल्लीको साउथएक्स पार्ट इलाकामा बिहारको जहानाबादबाट राष्ट्रीय लोक समता पार्टीका सांसद डा अरुण कुमारका छोरा र भतिजामाथि पार्किङ्ग विवादमा कुटपिट भएको हो ।

आइतबार साँझ सांसदका छोरा छोरी र भतिजा मनोरञ्जन गर्न भनेर डान्सबारमा गएका थिए । जब डान्सबारबाट फर्किए तब पार्किङ्ग स्थलमा स्कुटीहरु अस्तव्यस्त थिए ।

सांसदका छोरा रितुराजले छिमेकीलाई स्कुटी राम्ररी पार्किङ्ग भएन् भन्दा कुटपिटमा परेका हुन् । उनीसँगै रहेकी सांसदकी छोरीमाथि समेत दुव्र्यवहार भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सांसदका छोरा र भतिजालाई १२ जनाको समुहले कुटपिट गरेको हो । घटनाको १ घण्टापछि मात्रै प्रहरी घटनास्थलमा पुगेको थियो । १२ जनामध्ये ९ जना घटना संलग्न फरार भएका छन् ।

३ जनालाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । सांसद डा अरुण कुमारले घटनाका दोषीलाई कडा कारवाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् ।

सांसदका छोरा रितुराजको दिल्लीस्थित एभरेष्ट अस्पतालमा उपचार भइराखेको छ । उनको कम्मरको पछाडीको हड्डी भाचिएको डाक्टरहरुले बताएका छन् । उनका भतिजालाई भने सामान्य चोट लागेको छ । एजेन्सी