काबुल, २५ चैत । अफगान सेनाले अफगानिस्तानको दुई प्रान्तमा जारी गरेको सैनिक कारबाहीमा करिब १० तालिवानी आतङ्ककारी मारिएको त्यहाँका प्रतिरक्षा मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।
गत २४ घण्टाभित्र अफगान राष्ट्रिय सेना (एएनए)ले गजनी र पाक्तिया प्रान्तमा जारी राखेको कारबाहीको क्रममा १० तालिवानको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएको सो मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
विद्रोहीद्वारा गरिएको प्रत्यक्ष आक्रमणमा एएनएका दुई सदस्य पनि मारिएका उक्त मन्त्रालयले पुष्टि गरेको छ । सो कारबाहीको क्रममा सेनाले १५ वटा बारुदी सुरुङ्ग निष्क्रिय पारेका जनाइएको छ । तालिवानी समूहले हालसम्म विषयमा कुनै टिप्पणी गरेको छैन । रासस/सिन्ह्वा














प्रतिक्रिया