काठमाडौं, २५ चैत । भारतको वर्षकै ठुलो प्रतियोगिता इण्डियन प्रिमियर लिग (आर्इपीएल) क्रिकेट प्रतियोगितामा आजदेखि खेलहरु सुरु हुँदैछन् ।
आठौं संस्करणको आर्इपीएलको औपचारिक उद्घाटन मंगलबार बेलुका नै भएको भएपनि खेल भने बुधबारबाट सुरु हुन लागेको हो ।
२०१५ को आईपीएलको पहिलो खेलमा गतवर्षको विजेता डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स र मुम्बइ इंडियन्स भिड्ने भएका छन् । कोलकत्ता र मुम्बईबीचको खेल नेपाली समय अनुसार बेलुका सवा ८ बजेपछि कोलकाताको इडेन गार्डेनमा सुरु हुनेछ ।
प्रतियोगिताकै बोलियो मानिएको कोलकाता उपाधि रक्षाको लक्ष्यसहित मैदान उत्रने छ । त्यस्तै, मुम्बर्इ इंडियन्स पनि जित निकाल्दै गतिलो सुरुवात गर्न चाहन्छ ।
कोलकाताको कप्तानी गौतम गाम्भिरले गर्ने छन् भने मुम्बइ इंडियन्सको नेतृत्व रोहित शर्माले सम्हालेका छन् । यसअघि शाहरुख खानले आफ्नो टिम कोलकत्तालाई उपाधि जितेर ल्याउन शुभकामना दिएका थिए ।















प्रतिक्रिया