३० आश्विन २०८३, शुक्रबार

विद्युत् महसुल नतिर्नेको घरजग्गा रोक्का गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

light-magdiपथरी (मोरङ), २५ चैत । विद्युत् महसुल नतिर्ने उद्योगीको घरजग्गा रोक्का गरिने भएको छ ।

नेपाल विद्युत् प्रधिकरण वितरण केन्द्र विराटनगरका लेखा अधिकृत प्रमोद झाका अनुसार उद्योगी र सर्वसाधारण गरेर एक हजार ७७७ ग्राहकले महसुल नतिरेको भन्दै कालोसूचीमा राखेर घरजग्गा रोक्का गर्न तीनपुस्ते विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।

प्राधिकरणले बक्यौता महसुल तिर्न धेरै पटक लिखित र मौखिक आग्रह गर्दासमेत ग्राहक अटेर गरेपछि बाध्य भएर जग्गा रोक्का गर्ने प्रक्रियातिर लागेको लेखा अधिकृत झाको भनाइ छ ।

प्राधिकरणका अनुसार महसुल नतिर्ने उद्योगमा आशोक टेक्सटाइल रहेको छ । जसले जरिवानाबाहेककै रु ३५ लाख ९० हजार बक्यौता तिनुपर्छ । गणपति कटन मिलको रु १० लाख ५८ हजार, परशुराम आइरनको रु चार लाख १० हजार, निक्की जुटमिलको रु १६ लाख ७० हजार, जगदम्बा फुडवेरको रु पाँच लाख २९ हजार, स्वदेशी केवलको रु नौ लाख २७ हजार, एभरेस्ट फाइबरको रु चार लाख दुई हजार, हरिहन्त प्लास्टिक उद्योगले रु चार लाख ८८ हजार, प्रिमियर सेन्थेटिकले रु तीन लाख ८३ हजार र विजय कन्फेस्नरीको रु तीन लाख १६ हजार महसुलको बक्यौता बुझाउन बाँकी रहेको छ ।

विद्युत् प्राधिकरण विराटनगरले उद्योगी र सर्वसाधारणबाट गरी रु तीन करोड ६० लाख विद्युत् महसुल उठाउन बाँकी रहेको जनाएको छ । रासस