१३ कार्तिक २०८३, शुक्रबार

अज्ञात रोगबाट जाजरकोटमा ३ जनाको मृत्यु, सयौं बिरामी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jajarkot_district– बीरबहादुर गिरी
जाजरकोट २५ चैत । जाजरकोटका दुर्गम गाउँमा फैलिएको अज्ञात रोगबाट ३ जनाको मृत्य भएको छ भने सयौं बिरामी परेका छन् । अचानक सबै गाउँ गाउँमा रोग फैलन थालेपछि गाउँमा सन्त्रास फैलिएको छ ।

रोगका कारण जिल्लाको पैंक गाविसमा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ६ का रोकाय, वडा नं ५ का खम्बबहादुर नेपाली र वडा नं ३ की एक महिला रहेको स्थनीय शिक्षक मोहन शाहीले जानकारी दिनु भएको छ ।

त्यस्तै रोगबाट नायकवाडा गाविसको वडा नं ९ धुम र सक्ला गाविसको वडा नं ६ लुहागान रोग फैलिएको छ । बिरामीलाइ टाउको, छाति र हात खट्टा दुख्ने, वाकवाकी लाग्ने र ज्वरो आउने लक्षण रहेको स्थानीले बताएका छन् ।

गाउँमा रोग फैलिएको खबर आउनसाथ स्वास्थ्यकर्मी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । सक्ला गाविसको १ यस ७८ जनाको उपचार गरिएको प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले बताउनु भएको छ । अन्य ठाउँमा औषधि र स्वास्थ्यकर्मीको टाली जाँदै गरेको डिएसपी मैनालीले जानकारी दिनु भएको छ ।

स्वास्थ्यकर्मीको टोली पुगे पनि रोगको पहिचान हुन सकेको छैन । केही गाउँलेहरु भारतबाट फर्किएपछि रोग फैलिएको स्थानीयले बताएका छन । दुर्गममा स्वास्थ्यकर्मी र औषधि नहुदा समस्या परेको स्थानीयको भनाई छ ।