काठमाडौं, २५ चैत । मलेसियामा पक्राउ परेका नेपालीहरुलाई त्यहाँका जेल तथा घरफिर्ती केन्द्रमा नांगै यातना बनाई बेइज्जतीपूर्ण यातना दिने गरिएको खुलेको छ ।
अवैध तरिकाले मलेसिया बस्दै आएका नेपालीलाई पक्राउ गरी त्यहाँका प्रहरी र जेल अधिकारीले अन्तर्राष्ट्रिय कानुन तथा मानवअधिकारविपरित यस्तो यातना दिने गरेका हुन् ।
मलेसियाका विभिन्न जेल तथा घरफिर्ती केन्दै हुँदै स्वदेश फर्केका नेपालीका अनुसार उनीहरुलाई नांगै पारेर, नृत्य कसरत, पिचनमा लडीबुडी, घुँडा र कुहिनाले टेकी हिँडन, उठबस गराई बेइज्जतीपूर्ण यातना दिने गरिन्छ ।
प्रहरी र जेलअधिकारी यसबाट मनोरञ्जन लिने गरेको नागरिक दैनिकले छापेको छ ।















प्रतिक्रिया