१ कार्तिक २०८३, आइतबार

राष्ट्रपतिले किन गरे विपक्षी मोर्चाको आमहड्ताललाई सहयोग !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rambaran-prachandaकाठमाडौं, २५ चैत । राष्ट्रपति कार्यालयले एमाओवादी नेतृत्वको विपक्षी मोर्चाको आमहडताललाई मान्यता दिएको अर्थ लाग्ने गरी मानपदवी विभूषण सुशोभन समारोह स्थगन गरेको छ।

समारोह सुरु हुनुभन्दा करिब १५ घन्टाअघि मात्र राष्ट्रपति कार्यालयले कार्यक्रम दुई साताका लागि स्थगित गर्ने निर्णय गरेपछि विदेश र उपत्यकाबाहिरबाट राजधानी आइसकेका दुई सय २७ जना अप्ठ्यारोमा परेका छन्।

राष्ट्रपति कार्यालयका सचिव अनुपकुमार उपाध्यायले मंगलबार अपराह्न ५ बजेपछि मात्र गृह मन्त्रालयलाई पत्र लेखी सुशोभन समारोह ०७२ वैशाख ७ गतेका लागि सार्न आग्रह गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

गृह मन्त्रालयले बुधबार हुने समारोहका लागि बिहान ९ बजेसम्म उपस्थित भइसक्न राष्ट्रपति कार्यालय शीतल निवासको प्रवेश पास वितरण गरिसकेको थियो।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रपति रामवरण यादव आफूले चाहेका केही मान्छेको नाम सूचीमा नपरेपछि गृह मन्त्रालयप्रति असन्तुष्ट हुँदै आएका थिए।