२९ आश्विन २०८३, बिहिबार

हेलिकोप्टर बिस्फोट हुँदा प्रधानमन्त्रीका सहयोगीसहित ६ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Helicopterक्वालालम्पुर, २४ चैत । उडिरहेको एक हेलिकप्टर आकाशमै विस्फोट हुँदा प्रधानमन्त्रीका सहयोगी पूर्वराजदुतसहित ६ जनाको मृत्यु भएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुर नजिक भएको हेलिकोप्टर दुर्घटनामा परी प्रधानमन्त्री नजीव रज्जाकका वरिष्ठ सहयोगी र पूर्वराजदूतसहित ६ जनाको मृत्यु भएको हो ।

अधिकारीहरुका अनुसार दुर्घटनामा रज्जाकका वरिष्ठ सहयोगी एजलिन अलियास र अमेरिकाका लागि मलेसियाली राजदूत रहिसकेका जुमालुद्दिन जारजिससमेत छन् ।

प्रत्येक्षदर्शीका अनुसार दुर्घटनाग्रस्त हुनुअघि हेलिकोप्टरमा बिस्फोट भएको थियो । बिस्फोटपछि क्वालालम्पुर बाहिरको सेमेन्यिह क्षेत्रमा झरेको थियो ।

प्रधानमन्त्री कार्यालयले जनाएअनुसार प्रधानमन्त्री रज्जाककी छोरीको बिवाह समारोहपछि पाहुनाहरु हेलिकोप्टरमा फर्किरहेका थिए ।

घटनामा मलेसिया र अमेरिकाबीच सम्बन्ध सुधार गर्न योगदान गर्ने पूर्वराजदूतसहतिका व्यक्ति घटनामा गुनमाउनु परेको प्रतिक्रिया प्रधानन्त्री रज्जाकले दिएका छन् ।

घटनामा व्यवसायी तान हुआत सिएंग, हेलिकोप्टरका पाइलट, को–पाइलट, र एक गार्डको मृत्यु भएको र घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको बताइएको छ । यसैबीच मलेसिया सरकारले दुर्घटनाप्रति गहिरो शोक व्यक्त गरेको छ । एजेन्सी