१ कार्तिक २०८३, आइतबार

बन्दले अर्थतन्त्रमा ५ अर्ब ४० करोड रुपैयाँ घाटा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bike-Todfod-Bandaकाठमाडौं, २४ चैत । एनेकपा माओवादीको नेतृत्वमा ३० दलीय मोर्चाले आब्हान गरेको ३ दिनको बन्दले अर्थतन्त्रमा ५ अर्ब ४० करोड रुपैयाँ प्रत्यक्ष घाटा हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले २०६५ देखि ६८ सम्म गरेको अर्थतन्त्रमा बन्दको आर्थिक असर विषयक अनुसन्धानअनुसार एक दिनको बन्दले देशलाई एक अर्ब ८० करोड प्रत्यक्ष घाटा हुन्छ ।

तर हालका वर्षमा लगानीको विस्तार तथा आर्थिक गतिविधिमा आएको बढोत्तरीले प्रतिदिन दुई अर्बको हाराहारीमा प्रत्यक्ष घाटा हुने अनुमान गरिएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

३ दिने बन्दमा देशले प्रतिघन्टा १५ करोडको घाटा व्यहोर्नुपर्ने देखिन्छ ।