काठमाडौं, २४ चैत । न्याय परिषदले काठमाडौं जिल्ला अदालतका अतिरिक्त न्यायाधीश खिलनाथ रेग्मी आर्थिक प्रलोभनमा परेर त्रुटीपूर्ण फैसला गरेको अभियोगमा छानवीन गर्न उच्चस्तरीय छानविन समिति गठन गरेको छ।
वार र अदालत विच भ्रष्टाचारको विषयमा जुहारी चलिरहेको अवस्थामा न्यायाधीश नियुक्ती ,सरुवा, वढुवा र कारवाही गर्ने निकाय न्याय परिषदले यस्तो निर्णय गरेको हो।
सोमवार बसेको परिषदको वैठकले सर्वोच्च अदालतका स्थायी न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा रेग्मीविरुद्ध परेका उजुरीमा थप छानवीन गर्न समिति गठन गर्ने निर्णय गरेको नागरिक दैनिकले छापेको छ ।
रेग्मी विरुद्ध गम्भीर उजुरी परेपछि परिषदले उनलाई आफ्नो पदको काम गर्न रोक लगाउने निर्णय गर्दे अनुसन्धान समाप्त नभएसम्म सर्वोच्चमा काज हाजिर गराउने भएको छ।
हाल काठमाडौं जिल्ला न्यायाधीश रहेका रेग्मीले २०६८ सालमा ललितपूर जिल्ला अदालतमा रहँदा गरेको एउटा र काठमाडौमा रहँदा दुई वटा मुद्दामा अनुचित रुपमा आर्थिक लाभ लिई फैसला गरेको देखिएपछि थप अनुसन्धान गर्न अध्ययन समिति गठन गर्ने निर्णय परिषदले गरेको हो।















प्रतिक्रिया