१ कार्तिक २०८३, आइतबार

शिक्षक आयोग खुल्यो, ३ हजार २ सय शिक्षकको विज्ञापन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shikhakकाठमाडौं, २४ चैत । शिक्षक सेवा आयोगले मंगलबार निमावि र मावि तहको ३ हजार २ सय शिक्षकको विज्ञापन खुलाएको छ ।

शिक्षा विभागले रिक्त दरबन्दीको विवरण बुझाएको एक साता पनि नहुदै आयोगले विज्ञापन गरेको हो ।

यो विज्ञापन खुलेसंगै रिक्त रहेको स्थायी शिक्षकको पदपूर्ति पुरा हुने भएको छ ।

जेठ तेस्रो सातासम्म आवेदन फारम भर्ने समयाअवधि दिएर विज्ञापन गर्ने निर्णय भएको आयोगका प्रशासकीय अधिकृत लक्ष्मीराम पौडेलले बताएको कान्तिपुर दैनिकले छापेको छ ।

लिखित परीक्षा माध्यमिक तहको असार ११ र निमाविको १२ गते हुने उनले बताए ।

विभागका अनुसार माध्यमिक तहको १ हजार ३ सय ८५ र निमावि तहको १ हजार ८ सय ६४ दरबन्दी खाली छ ।

आयोगले ०६३ वैशाख ११ यता रिक्त रहेका स्थायी शिक्षकको पद खाली भएको शिक्षकको विज्ञापन गरेको हो ।

पौडेलका अनुसार मावि तहमा अंग्रेजी ३ सय ३३, नेपाली २ सय १२, विज्ञान २ सय ७४, गणित २ सय १७, सामाजिकमा १ सय ९९ जनाको लागि आवेदन माग गरिएको छ ।

निमाविमा अंग्रेजीको ५ सय ५, नेपालीमा ३ सय १८, गणितको २ सय २३, विज्ञानमा २ सय ३९ र गणित विज्ञानमा २ सय ९४ आवश्यक परेको आयोगले जनाएको छ ।

आयोगले यसपालीदेखि क्षेत्रीय स्तरमा विज्ञापन खुलाएको हो ।

यसअघि कुन जिल्लामा कति आवश्यक छ रु भन्ने विज्ञापन गर्ने गरेको थियो ।

नियमावली संसोधन गरेर कुन क्षेत्रमा कति शिक्षक चाहिने भनेर विज्ञापन गरेको हो ।