१ कार्तिक २०८३, आइतबार

भारतमा नेपालीलाई नेपालीले नै लुट्ने गर्छन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Loot Labour nepaliनेपालगञ्ज, २३ चैत । भारतमा काम गरेर फर्किँदै गर्दा गत माघ २१ गते सुर्खेत, साटाखानी- ६ का जंगबहादुर पाण्डे बाटैमा लुटिए ।

भारतको गोन्डास्थित रेल स्टेसनमा लुटेरा समूहले नियन्त्रणमा लिई साथमा रहेको ६ हजार भारतीय रुपैयाँ लुटेपछि बेखर्ची भएका उनी नेपाल-भारत सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहाको सम्पर्कमा आए ।

प्रहरीलाई दिएको बयानमा उनले सुरुमा ‘नेपाली भाषा बोल्ने ब्यक्तिले सोधपुछ गरेको खानेकुरा बाँडीचुडी खाएको केही बेरमा आफू बेहोस भएको’ भनेका थिए ।

उनको बयानअनुसार अनुसन्धान गर्दै जाँदा प्रहरीले पनि भारतबाट काम गरेर फर्किने नेपाली माथिको लुटपाटमा नेपालीभाषीको संलग्नतालाई नकार्न सकेनन् ।

माघ २७ गते बाँके, कम्दी- ९ का निर्मल चलाउने भारतको लखनउबाट फर्किँदै गर्दा लुटपाटमा परे ।

उनलाई पनि नेपाली भाषा बोल्ने समूहले नसालु पदार्थ खुवाएर २७ हजार भारतीय रुपैयाँ लुटेको थियो । अनुसन्धान गर्दै जाँदा प्रहरीले चलाउने माथिको लुटपाटमा पनि नेपाली भाषीकै संलग्नता पुष्टी गरेको छ ।

भारतबाट काम गरेर फर्किएका नेपालीमाथि भएका लुटपाटका प्रतिनिधि घटना हुन् यी । लुटपाटमा संलग्नले हिन्दी र नेपाली भाषा बोल्ने गरेको पाइएकाले यसमा नेपालका आपराधिक समूह पनि जोडिएको हुनसक्ने प्रहरीको आशंका रहेको नागरिक दैनिकले छापेको छ ।

भारतको गोन्डामा हालैमात्र प्युठानका दुई युवक लुटिएको घटनामा पनि नेपाली भाषा बोल्ने ब्यक्ति पनि संलग्न रहेको पाइएको छ ।

गोन्डास्थित रेल स्टेसननजिकै आपराधिक समूहले प्युठान, धर्मवती(४ का २४ वर्षीय सुरज कुमाल र १७ वर्षीय माने कुमाललाई कब्जामा लिएर लुटेको थियाये ।

सुरजको साथबाट २२ हजार र मानेको साथबाट २९ हजार ५ सय भारतीय रुपैयाँ लुटिएको उनीहरुले बताएका छन् ।