१ कार्तिक २०८३, आइतबार

कतार जाने नेपालीसँग गैर कानुनी रुपमा रकम लिएको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

doha-qatar-hdकाठमाडौं, २३ चैत । वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारबाट लिइने रकम गैर कानुनी रहेको खुलासा भएको छ ।

कतारी श्रम तथा सामाजिक मामिलामन्त्री डा अब्दुलाल्ह विन सैल अल खुलाइफीले आफ्नो देशमा आउने नेपाली कामदारसँग मेनपावर कम्पनीले गैरकानुनी रुपमा चर्को शुल्क लिइरहेकोमा नेपाल सरकारसमक्ष गम्भीर असन्तुष्टि जनाएसँगै यस्तो खुलासा भएको हो ।

नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका खुलाइफीले श्रमराज्य मन्त्री टेकबहादुर गुरुङलाई आइतबार भेटी आफ्नो असन्तुष्टि जनाएको कान्तिपुर दैनिकले छापेको छ ।