१ कार्तिक २०८३, आइतबार

पूर्व युवराज पारसलाई घर भित्राउन मन्दिरहरू घुमाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paras-shahकाठमाडौं, २३ चैत । चार वर्ष थाइल्याण्ड बसाएपछि नेपाल फर्केका पूर्वयुवराज पारस शाहको आज सोमबार राजधानीको ५ वटा धार्मिकस्थलमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ ।

धर्मकर्ममा बढी विश्वास गर्ने पूर्वयुवराज पारस मठमन्दिर घुमेर साइत जुरेपछि निर्मल निवास प्रवेश गर्ने मुडमा छन् ।

उच्च स्रोतका अनुसार केही दिनदेखि चण्डोलस्थित कुण्डलिनी क्लवमा बस्दै आएका उनी केही सातापछि निर्मल निवास सर्ने कार्यक्रम रहेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

शक्ति पीठ र मठमन्दिर दर्शन गर्न लागेका पारसले बिहान साढे ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म दर्शन गर्ने कार्यक्रम छ ।

पहिले दर्शन गुहयश्वरी र त्यसपछि पशुपति दर्शन गर्ने कार्यक्रम छ । उनले आजै गुहयश्वरी, पशुपति, संकटा, तलेजु र मखन महादेवको पूजा गर्देछन् ।